सूचना-प्रवधि

युट्युब पनि मेटाभर्समा प्रवेश गर्दै

इकागज |
फागुन २, २०७८ सोमबार ७:२९ बजे

काठमाडौँ-  गुगलको युटुयुब पनि मेटाभर्समा प्रवेश गर्ने भएको छ । सन् २०२२ को लागि मेटाभर्सको योजना घोषणा गरेको हो। गुगलको स्वामित्वमा रहेको भिडियो प्लेटफर्मले वेब ३ र ब्लकचेन प्रविधिहरूको आधारमा एनएफटीहरू र मेटाभर्समा लगानी गरिरहेको घोषणा गरेसँगै यसको खुलासा भएको हो ।

यससँगै युट्युबरहरूले दर्शकहरूसँग वेब थ्री लगायतका प्रविधिको प्रयोग गर्न सक्ने ब्लगमार्फत जानकारी दिएको छ । यसले युट्युबको हालको भिडियो प्रणालीभन्दा धेरै फरक हुने जनाएको छ ।


युट्युबले प्रशंसकहरूलाई एनएफटीहरुको रूपमा उनीहरूको मनपर्ने क्रिएटर्सबाट अनौठो भिडियो, फोटो, कला, र अनुभवहरू पनि प्राप्त गर्नको लागि प्रमाणीकरण योग्य तरिका प्रदान गर्न चाहनेको ब्लग पोष्टमा उल्लेख छ।

युट्युबले प्रयोगकर्ताहरूलाई मेटाभर्समासँगै भिडियोहरू हेर्न अनुमति दिन सक्ने र अहिलेको लागि युट्युबमा मेटाभर्सले खेलहरूसँग सम्बन्धित भिडियोहरूमा फोकस गर्ने युट्युबले जानकारी दिएको छ ।

ब्लकचेनमा आधारित एनएफटी प्रविधिमार्फत युट्युबमा आफ्ना भिडियोहरू राख्ने प्रयोगकर्ताहरूले अनौठो भिडियो, फोटो र कलाकृति देखाएमा विभिन्न अफर दिने योजनामा कम्पनी रहेको छ।


Author

थप समाचार
x