सूचना-प्रवधि

यसरी रोक्नुहोस् फेसबुकमा अनावश्यक कमेन्ट

इकागज |
फागुन ९, २०७८ सोमबार ८:३९ बजे

काठमाडौँ- तपाईंले आफ्नो फेसबुकमा राखेको पोस्टमा अनावश्यक कमेन्ट आएको छ । अन्य ग्रुप वा पेज आदिमा गरेका पोस्टहरूमा समेत अनावश्यक कमेन्ट आएर हैरान हुनुहुन्छ ? प्रायजसो कुनै पोस्ट भाइरल हुन पुगेको अवस्थामा अनावश्यक र नचाहिँदा कमेन्टहरू आएका छन् भने यो नयाँ कमेन्ट कन्ट्रोल फिचरले तपाईंको पोस्टमा आउने नचाहिँदो रोक्न मद्दत गर्नेछ ।

अनावश्यक कमेन्ट बन्द गर्नका लागि फेसबुक एप वा वेबसाइटबाट अकाउन्ट खोल्नुहोस् र प्रोफाइलमा जानुहोस् । वा तपाईंको फेसबुकमा आएको कमेन्टमा जानुहोस् । त्यसपछि कुन पोस्टको कमेन्ट बन्द गर्ने हो त्यो पोस्टमा जानुहोस् र फेसबुकको माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्‍नुपर्छ ।


यस पश्चात तपाईंको पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर छान्‍नुहोस् । त्यहाँ पब्लिक, फ्रेण्ड्स र पिपल एण्ड पेजेज भन्‍ने अप्सन आउँछन् त्यसबाट आफ्नो फेसबुक साथीले मात्रै कमेन्ट गर्ने भए फ्रेण्ड्स छान्‍नुहोस् । यदि सबैलाई कमेन्ट गर्न मिल्ने राख्‍ने भए पब्लिकमा सेलेक्ट गर्नुहोस् र त्यो पोस्टमा मेनसन वा ट्याग गरेको मान्छेले मात्रै कमेन्ट गर्न मिल्ने बनाउन चाहानुहुन्छ भने पिपल एण्ड पेजेज भन्‍ने अप्सन सेलेक्ट गर्नुहोस् । यसरी तपाईंले आफ्नो फेसबुकमा आउने नचाहिँदा कमेन्ट बन्द गर्नसक्नुहुन्छ ।


Author

थप समाचार
x