सूचना-प्रवधि

यी काम गर्दै हुनुहुन्छ ? बन्द गर्ला युट्यबले तपाईँको च्यानल

इकागज |
फागुन १०, २०७८ मगलवार ७:६ बजे

काठमाडौँ- भिडियो प्लेटफर्म युट्युब विश्वमा सर्वाधिक हेरिने साइट मध्य एक हो । प्रयोगकर्ताले यसमा भिडियो राखे बापत अर्थोपार्जनसमेत गर्न सक्ने हुँदा धेरैले यसमा भिडियो राख्‍ने गरेका छन् । नेपालमा पनि धेरैले युट्युबलाई आफ्नो जिविकोपार्जनको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । 

आफ्नो च्यानलमा भिडियो भाइरल बनाउनको लागि विभिन्‍न थमनेल राखेर गलत सामाग्री समेत बेच्‍ने गरेको पाइन्छ । यसमा भने भिडियो हेर्ने मानिसले सहि र गलत के हो भनेर छुट्याउन सक्नुपर्छ । यस लेखमार्फत भने युट्युबमा भिडियो राख्दा के-कस्ता नियमहरू पालना गर्नुपर्छ भन्‍ने जानकारी दिइएको छ । गाइडलाइन पालना नगर्दा कतिपय युट्युबले च्यानल बन्द गर्ने गरेको छ । 


युटयुबमा कस्ता भिडियो राख्‍न पाइने र कस्ता भिडियो राख्‍न नपाइने तथा मनिटाइजका नियम के कस्ता छन् आदिबारे जानकारी राख्‍नु निकै जरुरी हुन्छ । कुनै पनि युट्युब च्यानलमा के कस्ता भिडियो तथा गतिविधिले गर्दा च्यानलमाथि प्रतिलिपि अधिकारको आरोप लाग्‍न सक्छ र च्यानल नै ब्लक हुन सक्छ भन्‍ने विभिन्‍न नीति नियमहरु युट्युबले बनाएको छ ।

यदि युट्युबमा राखेका कुनै पनि सामाग्रीले युट्युबको कम्युनिटी गाइडलाइन उल्लङ्घन गरेको खण्डमा युट्युबले स्ट्राइक लगाउने गरेको छ । च्यानल पटक-पटक स्ट्राइक आउँदा यसले विभिन्‍न फिचरहरू बन्द गर्दै अन्त्यमा च्यानल नै बन्द गर्छ । 

यस्ता कुराले बन्द हुन्छ च्यानल 
- कुनै पनि प्रकारको कन्टेन्टमा कम्युनिटी गाइडलाइन वा युट्युबका शर्तहरू पटक-पटक उल्लंघन गरेमा (उदाहरणका लागि घृणा फैलाउने, नराम्रो व्यवहार गर्ने वा उत्पीडन गर्ने प्रकारका भिडियो वा कमेन्टहरू पटकपटक पोस्ट गर्दा) बन्द गर्छ ।
- बाल शोषण, स्पाम वा यौनजन्य व्यवहारसँग सम्बन्धित कुनै गम्भीर विषयमा सामाग्री राखेमा पनि बन्द गर्छ ।
- कुनै पनि नीति वा नियम उल्लंघन गरेर चलाइएको च्यानल भएमा पनि यसले बन्द गर्छ ।
- भिडियोमा सम्बन्धित सर्जकको प्रतिलिपि रहेको सामाग्री प्रतिलिपि अधिकार नलिई पोस्ट गरेमा वा यस्तो पाइएमा युट्युबले उक्त सामाग्री प्रयोग गरेको आरोपमा च्यानल नै बन्द गर्छ ।
- युट्युबमा कस्तो व्यवहार गर्नुपर्छ भन्‍नका लागि कम्युनिटी गाइडलाइन बनाइएको छ । यदि कुनै सामाग्रीले कम्युनिटी गाइडलाइन उल्लंघन गरेको पाइएमा च्यानलविरुद्ध ‘स्ट्राइक’ गरिन्छ ।
- यसबाहेक अपलोड गरिएको सामाग्री कम्युनिटी गाइडलाइन उल्लंघन बाहेक अन्य कारणले पनि हटाइन सक्छ । यसमा अदालतको आदेश, व्यक्तिगत गोपनियता आदि पर्दछन् जुन सामाग्री राख्दा स्टाइक नगरी शुरुमै हटाइन्छ ।
- यसरी विभिन्‍न कारणले गरिने स्ट्राइक एउटै च्यानलले ९० दिनभित्र ३ पटक पायो भने त्यसपछि कम्पनीले उक्त च्यानल नै ब्लक गरिदिन्छ ।


Author

थप समाचार
x