सूचना-प्रवधि

तपाईंले चलाउने सिमकार्ड कसको नाममा छ ? यसरी हेर्नुहोस्

इकागज |
फागुन २६, २०७८ बिहीबार ७:२७ बजे

काठमाडौँ- मोबाइलमा प्रयोग हुने सिमकार्ड तपाईंको नाममा छ ? छैन् भने टेलिकमको कार्यालयमा गएर सिमलाई आफ्नो नाममा ल्याउनुहोस् । सरकारले ल्याएको नागरिक एप चलाउन होस् वा हराउँदा सहजै सोही नम्बर निकाल्नका लागि पनि सिमकार्ड तपाईंको नाममा हुन निकै जरूरी हुन्छ । यदि तपाईंले अन्य कुनै व्यक्तिको नाममा भएको सिम प्रयोग गरिरहँदा समस्यामा पर्न सक्नु हुन्छ ।

कतिपयलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड कसको नाममा छ भन्‍ने पनि जानकारी नहुन सक्छ । यसका लागि मोबाइल सेवा प्रदायकले सजिलै यस्ता नम्बर कसको नाममा रजिष्टर छ भन्‍ने जानकारीका लागि युएसएसडीमार्फत हेर्न सकिने बनाएको छ ।


तपाईंलाई पनि कसको नाममा सिमकार्ड छ भनेर जानकारी छैन् भने यहाँ यसको बारेमा केही जानकारी दिइएको छ जसबाट तपाईंलाई आफूले प्रयोग गर्ने सिमकार्ड कसको नाममा रहेको छ भन्‍नेबारेमा जानकारी दिइन्छ ।

नेपाल टेलिकम
नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्नुहुन्छ भने सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९२२# डायल गर्नुहोस । यसबाट आफुले प्रयोग गर्ने नेपाल टेलिकमको सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

एनसेल
एनसेलको सिमकार्ड प्रयोग गर्नुहुन्छ भने सो सिम कसको नाममा छ भनेर थाहा पाउनको लागि *९९६६# डायल गर्नुहोस । त्यसपछि आफुले प्रयोग गर्ने सिम कसको नाममा दर्ता भएको छ भनेर जानकारी पाउन सकिने छ ।

यसरी सिमकार्ड कसको नाममा रहेको जानकारी लिन सकिन्छ । तपाईंले प्रयोग गर्ने सिमकार्ड अन्य व्यक्तिको नाममा रहेको छ भने नजिककै टेलिकमको कार्यालयमा गएर सिमकार्ड आफ्नो नाममा ल्याउन सक्नुहुनेछ । जसको लागि तपाईंको फोटो र नागरिकता आवश्यक हुन्छ र प्रयोगकर्ता आफैं टेलिकम कार्यालय जानुपर्ने हुन्छ ।


Author

थप समाचार
x