सूचना-प्रवधि

जिमेल अकाउन्ट बिर्सिनुभयो ? यसरी रिकभर गर्न सकिन्छ

इकागज |
चैत १७, २०७८ बिहीबार ६:५० बजे

काठमाडौँ- एन्ड्रोइड चलाउनको लागि जिमेल नागरिकता जस्तै रहेको छ । जिमेलको प्रयोग बिना एन्ड्रोइड फोनमा भएका विशेषताहरू प्रयोग गर्न सक्दैनौँ । फोनमा प्रयोग हुने जिमेलमा हाम्रा महत्वपूर्ण सूचनाहरू रहेका हुन्छन् ।

गुगलको यो जिमेल सेवा मेल पठाउन वा प्राप्त गर्नका लागि मात्रै होइन अन्य धेरै एप, वेबसाइटहरूसमेत स्मार्टफोन चलाउनका लागि गुगल आइडी अर्थात् जिमेल आइडी वा जिमेल खाता आवश्यक हुने गर्छ ।


हामीले प्रयोग गर्ने जिमेलको आइडीको पासवर्ड बिर्सिएमा यसलाई कसरी रिकभर गर्ने भन्‍ने कुरा निकै कठिन हुन जान्छ । जिमेलको पासवर्ड बिर्सिएको खण्डमा कसरी रिकभर गर्ने भन्‍ने विषयमा जानकारी दिइन्छ । 

जिमेल अकाउन्ट नै बिर्सिएमा
धेरै इमेल भएको खण्डमा जिमेल खाता नै बिर्सिने सम्भावना समेत हन्छ । जिमेल खाता बिर्सिएको अवस्थामा यसका लागि जिमेलको होम पेजमा इमेल बिर्सिनुभयो भन्ने विकल्पमा जानुहोस् । त्यसपछि त्यहाँ फोन नम्बर वा इमेल ठेगाना राख्नुहोस् ।

त्यसपछि आउने अर्को विकल्पमा नाम र थर राख्नुहोस् । नाम र थर राखेपछि रिकभरी इमेलमा एक नम्बर पठाउँछ। रिकभरी इमेल पठाएपछि त्यस इमेललाई रिकभरीमा राखेका इमेल देखा पर्छन् । 

जिमेल पासवर्ड बिर्सिएमा 
तपाईंले माथि उल्लेखित विधि प्रयोग गरेर आफ्नो इमेल खाता पुन: प्राप्त गर्न सक्नछन् । तर यदि तपाईंलाई आफ्नो पासवर्ड पनि याद छैन् भने जसको लागि केहि थप चरणहरू आवश्यक पर्दछ ।

खाताहरू रिकभर गर्ने मात्र होइन, आफ्नो इमेल आइडी थाहा पाएका तर पासवर्ड बिर्सेका प्रयोगकर्ताहरूका लागि पनि निम्‍न विवरणहरू उपयोगी हुनेछन् । इमेल आइडीको पासवर्ड पनि रिकभर गर्नका लागि गुगल अकाउन्ट रिकभरी पेजको मद्दत लिनुपर्छ ।

लगइन पेजमा प्रयोगकर्ताले पासवर्ड बिर्सिएको विकल्प चयन गर्नुपर्छ । यहाँ तपाईलाई पुरानो पासवर्ड सोध्छ । यदि तपाईंलाई कुनै अघिल्लो पासवर्ड याद छ भने त्यो पासवर्ड राख्नुहोस् । अन्यथा अन्य तरिका प्रयास गर्नुहोस् को विकल्प रोज्नुहोस् ।

यदि तपाईंले आफ्नो फोन नम्बरसँग इमेल आइडी लिङ्क गर्नुभएको छ भने, एकै समयमा तपाईंले फोन तथा इमेलमा नोटिफिकेशन प्राप्त गर्न सक्नुहुन्छ । यसरी आएको नोटिफिकेशनमा तपाईंको जिमेलको पासवर्ड परिवर्तन गर्न सक्नुहनेछ । 
 


Author

थप समाचार
x