सूचना-प्रवधि

प्रविधिको क्षेत्रमा उत्कृष्टलाई सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गरिने

इकागज |
बैशाख ४, २०७९ आइतवार १८:३८ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासका लागि यस क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरूलाई सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्ने भएको छ। मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा पुरस्कार प्रदान गर्ने भएको हो

उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न विधाहरुमा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्न लागिएको मन्त्रालयले एक सूचना मार्फत जनकारी दिएको छ।


नेशनल आइसिटी एक्सलेन्स अवार्ड २०२२, नेशनल आइसिटी एक्सलेन्स अवार्ड २०२२ वुमन, नेशनल आइसिटी इनोभेसन अवार्ड २०२२, नेशनल आइसिटी अवार्ड २०२२ सार्वजनिक क्षेत्र र नेशनल आइसिटी अवार्ड २०२२ निजी क्षेत्र गरी ५ विधामा यो अवार्ड वितरण हुने सूचनामा उल्लेख छ।


Author

थप समाचार
x