डिफेन्स

घूस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत

इकागज |
चैत १८, २०७७ बुधबार १९:५१ बजे

तस्बिर : रासस

काठमाडौँ  : महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।

पछिल्लो एक महिनाको अवधिमा नियम उल्लघन  गरे कारबाहीबाट बच्‍न घुस दिन खोज्‍ने झण्डै १५० चालकलाई पक्राउ गरी कारबाही गरेकाले उनीहरूलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ । विगतमा प्रहरीलाई आर्थिक अनियमिततामा संलग्‍न हुन्छन् भन्‍ने आरोप आउने गरेकाले त्यसलाई चिर्नका लागि घूस फिर्ता अभियान चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उनका अनुसार घूस फिता गरेर कारबाही हुने क्रम भने बढ्दै गएको छ । रासस



Author

थप समाचार
x