डिफेन्स

सेनाले सातै प्रदेशमा सैनिक विद्यालय र स्वास्थ्य संस्था खोल्ने

इकागज |
चैत २२, २०७७ आइतवार १९:१६ बजे

हेटौंडा : नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरेको छ । भीमफेदी गाउँपालिका–१, सुपारेटारस्थित मध्यपृतना हेडक्वाटरमा आइतबार आयोजित सैनिक सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक, भूतपूर्व सैनिक परिवारका एकल महिलालाई सम्मान गरिएको हो । 

सैनिक सम्मेलनलाई सम्बोधन गर्दै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले सेवानिवृत्त भएका नेपाली सेनाको निवृत्त जीवन सुखद् र सहज बनाउन नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने बताए । देशका सातै प्रदेशमा सैनिक विद्यालय स्थापना गर्नुका साथै स्वास्थ्य संस्था स्थापना गर्ने योजना रहेको सेनापति थापाले स्पष्ट पारे । सेवारत नेपाली सेना र सेवा निवृत्त भएका नेपाली सेनाका परिवारको आर्थिक एवम् समग्र पक्ष सवल बनाउन नेपाली सेनाले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्न महत्वपूर्ण कार्य गर्दै आएको उनले जानकारी गराए । 


यस्तै भूतपूर्व सैनिक परिवारका फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वील चेयरसहित नगद सहयोग गरिएको छ । नेपाली सेना कल्याणकारी कोषबाट भूतपूर्व सैनिक परिवारका उद्यमी सदस्यलाई सहुलियत दरको ऋण रकमको चेक समेत हस्तान्तरण गरिएको हो ।


Author

थप समाचार
x