डिफेन्स

सशस्त्रका दुई एआईजीको पदावधि १ वर्ष थपियो

इकागज |
बैशाख १५, २०७८ बुधबार १७:० बजे

काठमाडौँ : सशस्त्र प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) को पदावधि १ वर्ष थप गरिएको छ । १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको सेवा पदावधि थप्‍ने निर्णय गरेको हो । 

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  सशस्त्रका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलको सेवा अवधि ३० वर्ष ननाघ्ने गरी पदावधि थपिएको जानकारी दिए । निर्णय अनुसार दुबैको सेवा पदावधि २०७७/०१/२१ देखि २०७९/०१/१८ गतेसम्म थप गरिएको छ ।



Author

थप समाचार
x