डिफेन्स

नेपाली सेनाको प्रवक्तामा सहायकरथी भण्डारी

इकागज |
पुस १३, २०७९ बुधबार १९:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी कृष्णप्रसाद भण्डारीले सम्हालेका छन् । 

झापा चारआलीस्थित २१ बाहिनीपतिको कार्य जिम्मेवारी पूरा गरेका उनलाई सेनाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखमा ल्याएको हो । बुधबार एक वर्षअघि प्रवक्तामा नियुक्त भएका निवर्तमान प्रवक्ता नारायण सिल्वालले उनलाई कमाण्ड बरबुझारथ गरी जिम्मेवारी हस्तान्तरण गरे । 


जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित कार्यक्रममा  प्रवक्ता भण्डारीले सेना र सञ्चार क्षेत्रको कार्य जिम्मेवारी फरक भए पनि दुवैको उद्देश्य राष्ट्र र राष्ट्रवासीको कल्याणको लागि भएको बताए । 

निवर्तमान प्रवक्ता सिल्वालले प्रेस जगको निष्पक्ष र वस्तुगत रिर्पोटिङ सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न तथा संगठनलाई मर्यादा र कर्तव्यबाट विचलित हुन नदिने विश्वास व्यक्त गरे । 

सहायकरथी सिल्वाललाई सेनाले काठमाडौँ–तराई–मधेस द्रुतमार्गको अनुगमन तथा समन्वय समितिको अध्यक्षको जिम्मेवारी दिएको छ ।

 


Author

थप समाचार
x