डिफेन्स

प्रधान सेनापति थापाद्वारा निरीक्षण भ्रमण

इकागज |
बैशाख १६, २०७८ बिहिवार १७:२ बजे

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापाले बिहीबार मोरङ्ग जिल्लामा तैनाथ भैरव गण र कालीशक्ति गण (ई) तथा तेह्रथुम जिल्लामा तैनाथ देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणमा प्रधानसेनापति थापाले युनिटहरूको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । थापाले निरीक्षणका क्रममा सकलदर्जालाई सम्बोधन पनि गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।


प्रदेश १ को भ्रमणमा रहेका उनले शुक्रबार ईलाम, झापा तथा उदयपुरमा तैनाथ पशुपति प्रसाद गण, नयाँ श्रीनाथ गण र रणशार्दुल गणको निरीक्षण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।


Author

थप समाचार
x