डिफेन्स

१००० दिनका कामहरू सार्वजनिक गर्दै प्रधानसेनापति थापा

इकागज |
जेठ १७, २०७८ सोमबार १४:१० बजे

काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो ‘एक हजार दिन’ कामहरू सार्वजनिक गर्ने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आउँदो जेठ २३ मा आफ्नो एक हजार दिनमा भएका कामहरू सार्वजनिक गर्नेछन् ।

सेनापतिले एक हजार दिन पूरा भएको अवसरमा पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममार्फत आफ्नो कार्यकालमा भए-गरेका काम–कारवाही गर्ने भएका हुन् । थापाको प्रधान सेनापतिको पदावधि २०७८ भदौको चौँथो सातासम्म छ ।


सेनापति भएपछि थापाले ‘प्रधान सेनापतिको कमाण्ड मार्गनिर्देशन–२०७५’ जारी गरेका थिए । जसमा नेपाली सेनाको सोच, योजना, दृढता प्रस्तुत गरेका थिए । कोभिड-१९ महामारीसँगै नेपाली सेना खटिरहेको छ, अक्सिजनदेखि शव व्यवस्थापनसम्म । उनले ‘राष्ट्र र जनता सबैभन्दा पहिला’ र ‘कर्तव्य सँधै पहिला’ मन्त्रीलाई आत्मसात् गर्न नेपाली सेनालाई प्रेरित गर्दै आएका छन् । 

उनले आफ्नो कार्यकालमा ‘इतिहास जोगाउने र भविष्य देखाउने’ नारासहित गढी संरक्षणदेखि सम्पदा जोगाउने अभियान चलाए । त्यसअन्तर्गत् गोरखादेखि काठमाडौंसम्म राष्ट्रिय एकता र्‍याली गरिएको थियो, २०७६ पुसमा ।
 


Author

थप समाचार
x