डिफेन्स

नेपाली सेनाको कल्याणकारी काेषमा ५८ अर्ब २३ करोड ५२ लाख

कोषबाट पाँच अर्ब ८२ करोड २७ लाख लगानी

इकागज |
जेठ ३१, २०७८ सोमबार १८:१३ बजे

काठमाडौँ : पछिल्लो समय नेपाली सेनाको कल्याणकारी कोष उल्लेख्य रूपमा वृद्धि भएको छ । सैन्य कार्यको परिश्रमको रकम सेनाको परिवारको लागि उपयोग गर्न यो कोष २०३३ सालमा खडा भएको हो । खासगरी सेनाको परिवारमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, सीप, स्वरोजगार र सुविधा एवं सहुलियत (चार ‘स’ भिजन)  यसमा नै खर्च हुने गरेको छ । 

यो विषयलाई सेनाको 'वेलफेयर भिजन-२०३०' मा पनि पनि समावेश गरी कार्यान्वयनमा समेत ल्याएको छ । यसबाट नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरूलाई विकेन्द्रित, पारदर्शी, परिणाममुखी र आत्मनिर्भर बनाउँदै हितकारीहरूको जीवनस्तर सुधारमा यो प्रभावकारी हुने नेपाली सेनाको धारणा छ ।


सेनाको परिवारमा बालवालिकाहरूको शिक्षामा जोड दिइएको छ । मुलुकभर कल्याणकारी कोष अन्तर्गत विद्यालय र महाविद्यालय खोल्ने काम भएका छन् । त्यस्तै स्वरोजगारका लागि सहुलियतमा ऋण उपलब्ध गराउने पनि जानकारी दिइएको छ ।

कोषबाट शिक्षामा छात्रवृत्तिसमेत राखेको छ । उच्चशिक्षाका लागि समेत उक्त व्यवस्था भएकाले चालु आर्थिक वर्षमा करिव २९ हजार सन्तती (बाहलवाला र सेवानिवृत्त) लावान्वित भएका छन् । 

त्यस्तै भूतपूर्व सैनिक सम्मान, सहयोगी भत्ता, अपांगता भएका सन्ततिहरू लक्षित कार्यक्रम, आवास सुविधा गेष्ट हाउस तथा ट्रान्जिट क्याम्प संचालन, एकल महिला निवृत्तिभरणमा वृद्धि, वैवाहिक सहुलियत, सेनाको सुपथ मुल्य क्यान्टिनलगायत दर्जानौ सुविधाहरू यही कोषअन्तर्गत छन् । कोषले सेनामा रहेकाहरू सेनाबाट निवृत भएपछि फेरि परिवार छाडेर विदेश जानुपर्ने अवस्था आउन नदिन चार ‘स’ भिजनले काम गर्ने सेनाले जनाएको छ ।

यस्ता कामहरू गर्दै आएको सेनाको कोषको सार्वजनिक तथ्यांक अनुसार २०७७ फागुनसम्ममा नै ५८ अर्ब २३ करोड ५२ लाख रुपैयाँ पुगेको छ । नेपाली सेनाले २०३३ सालमा करिब एक करोड २४ लाख रुपैयाँबाट कोषको थालनी गरेको थियो ।

कोषमा सेनाले विदेश जाँदा सेनालाई उपलब्ध हुने रकम कोषमा राख्‍न थालेपछि काेषले आकार लिएको हो । सेनाले सोही कोषबाट पाँच अर्व ८२ करोड २७ लाख लगानीसमेत गरेको छ । मौज्दात कोष र लगानी जोड्दा ५८ अर्ब कटेको हो । त्यसबाट पनि सेनामा रकम आउन थालेका छ । 

सेनाको कोषमा ५२ अर्ब ४० करोड रुपैयाँ छ । पछिल्लो छ आठ महिनामा ६ अर्ब ५४ करोड ४५ लाख रुपैयाँ वृद्धि भएको हो । पछिल्ला दश वर्षको ग्राफ नियाल्ने हो भने २०६७ सालसम्म आइपुग्दा १६ अर्ब ६८ मा नै पुग्दा १९ अर्ब रुपैयाँ पुगेको थियो । कुनै वर्ष दुई कुनै वर्ष तीन अर्वको दरले बढ्दै २०७७ असारसम्म पुग्दा ४५ अर्ब ४६ करोड ८० लाख पुगेको हो । 


Author

थप समाचार
x