डिफेन्स

सुरक्षा परिषद्‍मा दुई दिने वेबिनार हुने

इकागज |
असार १०, २०७८ बिहिवार २१:१६ बजे

काठमाडौँ : नेपाली सेनाले असार १३ गतेदेखि १४ गतेसम्म राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा 'नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु' विषयक दुई दिने वेबिनार कार्यक्रम सञ्‍चालन गर्ने भएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा हुने वेबिनारले पर्वतारोहण र वातावरण व्यवस्थापनमा प्रविधिको प्रयोगलगायत सम्बन्धित निकायहरुबीच समन्वयका क्षेत्रहरुलाई पहिचान गर्ने तथा प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


नेपालको हिमाली पर्यावरणको संरक्षण र पर्वतारोहणमा सुरक्षा र ब्यवस्थापनका वर्तमान र भावी समस्या तथा चुनौती एवं समाधानका विकल्पहरुमा विज्ञहरुको प्रस्तुतीकरण रहने वेबिनारमा सरोकारवाला मन्त्रालयहरु/निकायहरु र सम्बन्धित विज्ञहरुको उपस्थिति रहने निर्देशनालयले जनाएको छ ।


Author

थप समाचार
x