डिफेन्स

हिमाली पर्यावरण र पर्वतारोहणको सुरक्षाबारे परिषद्‍को दुई दिने वेबिनार सकियो

इकागज |
असार १४, २०७८ सोमबार १८:१४ बजे

काठमाडौँ : राष्ट्रिय सुरक्षा परिषद्‍बाट सञ्‍चालित 'नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरू' विषयक दुई दिने वेबिनार सकिएको छ । कार्यक्रममा ६ जना विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् ।

समापन मन्तव्य राख्ने क्रममा राष्ट्रिय सुरक्षा परिषद्‍को सचिवालयका संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डेले उक्त कार्यक्रमबाट प्राप्त भएको निष्कर्ष तथा सुझावहरू राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष रुपमा जोडिएको नेपालको हिमाली पर्यावरण, पर्वतारोहण सम्बन्धी सुरक्षा तथा पर्यटकीय क्षेत्रमा हुने गतिविधिहरुमाथि नियमन गर्ने नीति निर्माणमा मार्गदर्शक हुने विश्वास व्यक्त गरेका थिए ।



Author

थप समाचार
x