डिफेन्स

उद्धारका लागि अमेरिकी सेनाले दियो डुंगा

विपत्तिमा उपयोगी हुने सामग्री सहयोग गर्दै इन्डो प्यासिफिक सेना

इकागज |
असार १६, २०७८ बुधबार १६:२१ बजे

काठमाडौँ : नेपालसहित यस क्षेत्र हेर्दै आएको अमेरिकी इन्डो प्यासिफिक कमाण्डले नेपाली सेनालाई बाढी पहिरो जस्ता विपत्तिमा उपयोगी हुने सामाग्री उपलब्ध गराएको छ । बाढी-पहिरोलगायतका प्राकृतिक विपत्तिमा सघाउन करिब ११ करोड रुपैयाँ बराबरको उद्धार सामग्री अमेरिकी सेनाले हस्तान्तरण गरेको छ। 

मिलेनियमा च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्तो वृहत सहयोगमा नाक खुम्चाएर सम्बन्धमा नै दरार उत्पन्‍न गराएको वर्तमान सरकार यस्तो सहयोगमा दंग छ । अमेरिकी सेनाबाट उपलब्ध हुने यस्ता सहयोगमा भने कुनै रोकतोकमा सरकार लागि परेको देखिएन । सेनासँगको सहकार्य रहिरहेको देखिन्छ ।


हुनत यस्ता सहयोगबाट नेपालमा अमेरिकी सेनाको प्रभाव बढ्छ भन्‍ने त छैन तर साना सहयोग लिने तर ठूला सहयोगमा रणानीतिक चाल देख्‍ने सरकारको विद्यमान नीति देखेर रक्षा अधिकारीहरू नै आश्‍चर्यमा परेका छन् । अमेरिकी सहयोग भन्‍ने वित्तिकै अनेकन विवाद झिक्ने दलको नेतृत्व सरकारमा छ तर यस्ता सहयोग भने लिइरहेका हुन्छन् । 

‘यस्तो विपतमा नेपालका सुरक्षा निकायहरूले खेल्नु हुने महत्वपूर्ण भूमिकाको बारेमा कदर गर्छौं र नेपालको मानवीय सहयोग तथा विपद् प्रतिकार्य गर्ने क्षमता विकासमा सघाउन सदैव प्रतिबद्ध छौं,’ अमेरिकी दूतावासको वेबसाइटमा उल्लेख छ,‘दीर्घकालीन अमेरिकी प्रतिबद्धता यही निरन्तरताको रूपमा हाम्रो डिफेन्स टिमका सदस्यहरूले १ मिलियन डलर बराबरको बाढी पहिरो तथा अन्य विपत्तिको सामना गर्ने क्षमता वृद्धि अनुदान अन्तर्गत खोजी तथा उद्दार कार्यमा प्रयोग हुने डुङ्गाहरू नेपाली सेनालाई यो साता हस्तान्तरण भएको छ ।’ 
 


Author

थप समाचार
x