डिफेन्स

बाढी पहिरो पीडितको उद्धारमा खटियो नेपाली सेना

इकागज |
असार १८, २०७८ शुक्रवार १८:१६ बजे

काठमाडौँ : अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित भइरहँदा उक्त प्रभावित ईलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्धार कार्य गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका(४ डेबौली चौधरी मिलन टोल र वडा(८, रमाईलोडाँडा ईलाका तथा सोही जिल्लाको कालीका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालीका बस्ती ईलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान भएकोले सेनाको उद्धार टोलीद्वारा उद्धार कार्यमा सहयोग गरेको छ । 
साथै कालीका बस्ती ईलाकामा पहिरोमा परि ५ जना हराईरहेका व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाको उद्धार टोली परिचालित भएका छन् ।


त्यस्तै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११स्थित मेलम्ची खोलाले कटान गरेको स्थानमा सुरक्षा गुल्म मेलम्चीबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्यमा सहयोग गरेको तथा मेलम्ची नगरपालिका-११स्थित बजार ईलाकामा मेलम्ची खोलाले कटान गरेको स्थानमा उक्त सुरक्षा गुल्मबाट खटिएको नेपाली सेनाको उद्वार टोलीले १० वटा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य गरेको हो । यसका साथै सेनाले मुलुकका विभिन्न ठाउँमा उद्धार तथा सहयोग गरिरहेको छ ।

तस्बिरहरू :


Author

थप समाचार
x