डिफेन्स

सेन्ट्रल अफ्रिकन गणतन्त्र र मालीका नेपाली शान्ति सैनिकको अदली-बदली सुरु

इकागज |
साउन २, २०७८ शनिबार १५:१ बजे

काठमाडौँ - संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरेको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई बदली गरेको हो । 

यसका लागि प्रमुख सेनानी संगीत पुनको कमाण्डमा इओडी गुल्म आटौँ डफ्फाका १३९ जना नेपाली शान्ति सैनिक शुक्रबार मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।


साथै सेन्ट्रल अफ्रिकन गणतन्त्र तथा माली मिशनबाट आफ्नो कार्यकाल समाप्ति पश्चात नेपाली शान्ति सैनिकको टोली शनिबार नेपाल आइपुग्ने योजना रहेको छ । कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड-१९ प्रोटोकलहरूको पालना गरिएको व्यहोरासमेत सेनाले जानकारी गराएको हो । 


Author

थप समाचार
x