डिफेन्स

सेनाले आर्मोर्ड भेहिकलको रोड ड्राईभिङ्ग अभ्यास गराउने

इकागज |
साउन १३, २०७८ बुधबार २०:४८ बजे

काठमाडौँ - नेपाली सेनाको मेकानाईज्ड युनिटमा आर्मोर्ड भेहिकल ड्राईभिङ्ग अभ्यास सञ्चालन गर्ने भएको छ । सकल दर्जाहरुको ड्राईभिङ्ग स्किल अभिवृद्धि गर्न स्थानिय प्रशासन र प्रहरीसगको समन्वयमा अभ्यास सञ्चालन गर्ने भएको हो । 

योजना अनुरुप काठमाण्डौंको सितापाइलामा तैनाथ गणले २०७८ भाद्र महिनाबाट चैत्र महिनासम्म, सुनसरी व्यारेक इटहरीमा तैनाथ गुल्मले श्रावण महिनामा तथा बोराडाँडी व्यारेक कैलालीमा तैनाथ गुल्मले श्रावण र भाद्र महिनामा रोड ड्राईभिङ्ग अभ्यास सञ्चालन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । 
 



Author

थप समाचार
x