डिफेन्स

प्रधान सेनापति थापाले गरे कमाण्ड हेडक्‍वाटरको निरीक्षण

इकागज |
साउन १४, २०७८ बिहीबार १८:५४ बजे

काठमाडौँ - प्रधान सेनापति पूर्णचन्द्र थापाले सरकारबाट स्वीकृत भएर कार्यान्वयनमा आएका कमाण्ड हेडक्‍वाटरहरूको निरीक्षाण गरेका छन् । ती कमाण्डहरू सेनाको संगठनात्मक पुनर्संरचनाअन्तर्गत यही साउन एक गतेबाट संचालनमा आएका थिए । 

प्रधान सेनापति थापाले ७ साउनमा पूर्वीकमाण्ड हेडक्‍वाटर  हिले, १० साउनमा मध्य कमाण्ड हेडक्‍वाटर पोखरा, १२ साउनमा उपत्यका कमाण्ड हेडक्‍वाटर नारायणहिटी र आज पश्चिम कमाण्ड हेडक्‍वाटर सुर्खेतको भ्रमण गरेका हुन् । 


प्रधान सेनापति थापाले निरीक्षणका क्रममा ७ साउनमा धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेखसमेत अनावरण गरेका थिए । 

भ्रमणको दौरान उनले कमाण्डहरूमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशहरूसँगको समन्वयको व्यवस्था, विद्यमान चूनौती तथा समाधानका उपायहरूसम्बन्धी जानकारी लिएका थिए ।   

  
 


Author

थप समाचार
x