डिफेन्स

सेनाले मनाङमा बनायो बाढीले बगाएको पुल

इकागज |
साउन १८, २०७८ सोमबार २०:३३ बजे

काठमाडौँ – नेपाली सेनाले मनाङको चामे गाउँपालिकामा बाढीले बगाएको बेलिवृज र झोलुङ्गे पूल निर्माण गरेको छ । सेनाले सशस्त्र प्रहरीसँगको सहकार्यमा चामे गाउँपालिका वडा नं. ४ र ५ लाई जोड्ने मर्स्याङदी नदीमा रहेको बेलिवृज तथा झोलुङ्गे पूल पुनःनिर्माण गरेको हो । 

मर्स्याङदी नदीले बगाई, मनाङ ङिस्याङ गा.पा. र चामे गा.पा. बीच आवत जावत पूर्ण रुपमा बन्द थियो । सशस्त्रसँगको सहकार्यमा सेनाले काठको पुल निर्माण गरी आवत जावत सूचारु गराएको र काठे पूल वरपर पैदल आवत जावत गर्नको लागि नेपाली सेनाद्वारा गोरेटो बाटो समेत निर्माण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


त्यस्तै सेनाले चामे गाउँपालिका वडा नं.४ स्थित स्याल्कु खोलामा रहेको काठे पूल पनि पुनःनिर्माण गरेको जनाएको छ । 


Author

थप समाचार
x