डिफेन्स

प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटवार्ता

इकागज |
साउन १९, २०७८ मंगलबार २१:२३ बजे

काठमाडौँ – प्रधान सेनापति पूर्णचन्द्र थापा र अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच मंगलबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको  छ । 

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 



Author

थप समाचार
x