डिफेन्स

मन्त्रीपरिषद् बैठक

शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस

इकागज |
भदौ ३, २०७८ बिहीबार १८:४० बजे

काठमाडौँ - सरकारले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको जिम्मेबारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले रथी शर्मालाई कायममुकायमबाट पूर्ण प्रधानसेनापति नियुक्तीका लागि सिफारिसगर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  

हाललाई कामुु प्रधानसेनापति शर्मालाई महारथीमा पदोन्नोनती  गरेर प्रधानसेनापति नियुक्तीको प्रक्रिया सुरु गरेको हो । सेना भित्रको प्रक्रियाका लागि केही समय लाग्ने हुनाले पनि सरकारले तीन साता अघि नै यो प्रक्रिया अघि बढाएको हो । उनी आगामी २५ गतेबाट प्रधानसेनापति हुनेछन् । 


प्रधानसेनापति पूर्णचन्द्र थापा अनिवार्य अवकाशमा जानेभएपछि शर्मालाई कायममुकायम मुकरर गर्ने परम्परा अनुसार हाल शर्मा कायम मुुकायम पदमा छन् । प्रधानसेनापति थापाको कार्यकाल २४ भदौंमा सकिदैछ । त्यसको एक महिना अघि अर्थात साउन २५ वाट उनी एकमहिना बिदामा छन् ।  

काठमाडौँमा २०२० पुसमा जन्मिएका शर्मा पुरानो गोरख गणबाट सैन्य अधिकृत हुन । उनले नेपालबाट कम्पनी कमाण्ड तथा स्टाफ अफिसर कोर्स र वार कलेज पास गरेका हुन् ।  सैनिक सेवामा पृतना, गण र गुल्मको सफलता पूर्वक कमाण्ड गरेका रथी शर्माले सैनिक सचिव, विभिन्न सैन्य विभागको महानिर्देशक र बंगलादेशमा सैनिक सहचारीको भूमिका समेत निभाएका छन् । 

त्रिभुवन विश्व बिद्यालयबाट इतिहासमा स्नातोकोत्तर शर्माले भारतको मद्रास विश्व बिद्यालयबाट फिलोसोफीमा समेत स्नातोकोत्तर र अमेरिकाबाट विभिन्न प्रशिक्षण लिएका छन् । 


Author

थप समाचार
x