डिफेन्स

शान्ति मिसन कङ्गोमा रहेका नेपाली सेनाले बनाए सर्भिस रोड

इकागज |
भदौ २५, २०७८ शुक्रवार १९:२९ बजे

काठमाडौँ - शान्ति स्थापनार्थ मोनस्को मिशन कङ्गोमा तैनाथ २४ फिल्ड गुल्म २४ औ डफ्फाको नेपाली शान्ति सैनिकले सर्भिस रोड तयार गरेर त्यहाँको निकायलाई हस्तान्तरणा गरेको छ । कंगोको बुनिया एअरपोर्ट स्थित सर्भिस रोडको पुन: निर्माण सम्पन्न गरी तीन दिन अघि उक्त मिशनका फोर्स कमाण्डरमार्फत एअरपोर्ट अथोरिटीलाई हस्तान्तरण गरेका हुन् । 

उक्त हस्तान्तरण कार्यक्रममा नेपाली लगायत अन्य शान्ति सेनाको उपस्थिति रहेको थियो । भवानीदल गण  २७ औं डफ्फाका गणपति, उक्त गुल्मका युनिटपति, बुनिया एयरपोर्टका अधिकारीको उपस्थिति  थियो । 


उक्त सडक को पुनःनिर्माण पश्चात बुनिया एयरपोर्टमा सवारी साधनको आवतजावतमा छिटो छरितो हुनुको साथै आपतकालीन अवस्था र उद्धार कार्य सहज हुने भएको छ । यसले बाटोको आयु समेत दिर्घकालीन हुने व्यहोरा जानकारी दिइएको नेपाली सेनाले जनाएको छ ।

सेनाले यस्ता सर्भिस सडक बनाएर त्यहाँको निकायलाई जिम्मा लगाएको पहिलो भने होइन । त्यही क्षेत्रमा यसअघि पनि सर्भिस रोड बनाएर त्यहाँको निकायलाई बुझाएका छन् ।

सेना आउजाउ गर्न सहज हुने ढंगले यस्ता सडक तयार गरिन्छ । पछि त्यहाँको समुदाय वा निकायलाई सेनाले बुझाउँने गर्छ । शान्ति कार्यसँगै विकासको मोडलको रुपमा राष्ट्रसंघमा यो कार्य परिचित छ ।


Author

थप समाचार
x