डिफेन्स

किङफिसर तीन ताल हस्तान्तरण

इकागज |
भदौ २९, २०७८ मगलवार १७:३३ बजे

काठमाडौँ - नेपाली सेनाले किङफिसर तालहरूको पुन:निमाण गरी हस्तान्तरण गरेको छ । सेनाले चितवनको भरतपुरस्थित किङफिसर पहिलो, दोस्रो र तेस्रो तालहरूको संरक्षण, सम्बर्द्धन गरि हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । 

सेनाले नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको जनाएको छ । ताल हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको उपस्थिती थियो ।


तालतलैया संरक्षण पुन:निर्माण कार्यअन्तर्गत किङफिसर ताल नेपालका ५, हजार ३ सय ५८ तालहरुमध्ये एक भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सो ताल दक्षिणमा रहेको मानव निर्मित पर्यटकीय हिसाबले महत्त्व बोकेको तालको रुपमा मानिन्छ ।

निर्माणको क्रममा तालमा पानीको स्थायित्वको लागि तालको बीचमा ड्याम बाँधिएको थियो । ड्यामले छुटाएअनुसार पहिलो दोस्रो तथा तेस्रो भनि नामाकरण गरिएको नेपाली सेनाले जनाएको छ ।


Author

थप समाचार
x