डिफेन्स

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

इकागज |
भदौ ३१, २०७८ बिहीबार १८:४२ बजे

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माले उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा बिहिबार आयोजित विशेष कार्यक्रममा शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।

रथी दर्जामा पदोन्नति भएका रथी बालकृष्ण कार्की बलाध्यक्षमा नियुक्ति भएका छन् । उनलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिती रहेको थियो ।



Author

थप समाचार
x