डिफेन्स

नेपाल-भारत सैन्य अभ्यास सूर्यकिरण

सैन्य अभ्यासका लागि तीन सय नेपाली सेना पुगे भारतकाे पिथाैरागढ

इकागज |
असोज ३, २०७८ आइतबार १९:११ बजे

काठमाडौँ - नेपाल र भारतबीच हुने सैन्य अभ्यासको १५ श्रृखला भारतको पिथौरागढमा सोमबारदेखि सुरु हुँदैछ । भारतीय सेनाले आयोजना गरेको अभ्यासमा सूर्यकिरणको सहभागी हुन नेपाली सेनाको टोली पिथौरागढ पुगिसकेको छ । प्रमुख सेनानीको नेतृत्वमा हुने उक्त अभ्यासमा भाग लिन नेपालबाट तीन सय सैनिक त्यसतर्फ गएका हुन् । बटालियन स्तरको टोली नै सहभागि हुने उक्त अभ्यास कोभिड-१९ का कारण ढिलाई भएको थियो । 

भोलि अर्थात असोज ४ देखि चल्ने उक्त अभ्यास असोज १८ मा समापन हुनेछ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषवल्लभ पौड्यालका अनुसार सैन्य अभ्यास एक अर्का मुलुकमा आलो पालो हुने गर्छ, त्यही अनुरुप यसपटक भारतमा हुन लागेको हो । गत वर्ष नै हुन पर्ने भए पनि कोभिडको कारण ढिलाई भएको नेपाली सेनाले जनाएको छ । नेपालबाट तीन सय सेना सहभागि भए पनि भारतबाट तीनसय ५० सहभागि हुनेछन । 


यसको पर्यवेक्षणको लागि एक जना सहायक रथि र एक जना महासेनानी पनि सहभागि हुनेछन् । यसअघि नेपालमा भएको १४ श्रृंखलाको अभ्यास ब्याटल स्कुल सालझण्डीमा समापन भएको थियाे । त्यतीबेला भारतबाट पनि तीनसयको संख्यामा नै सहभागि भएका थिए । यस्तो सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक व्यावहारिक र विशेष अनुभवहरुको आदनप्रदान हुनेछ । यस्तै अभ्यासका लागि चीन र अमेरिकाले पनि कुरा गरिरहेको छ । 

नेपालले चीन र अमेरिका लगायतसँग पनि सैन्य अभ्यास गर्दै आएको छ । थप मुलुकसँग पनि सैन्य अभ्यासमा गर्ने नेपालले जनाउँदै आएको छ । आरम्भमा सानो तहमा यस्ता अभ्यास हुने गरेको भए पनि अहिले झण्डै गण तहमा नै सहभागिता रहने गरेको छ । यसले क्षमत विकास र एक अर्का सैन्यबीच घुलमिल गराउन सहयोग गर्नेछ ।

प्रतिविद्रोह, जंगल वारफयर, प्राकृतिक विपत्ति, प्रतिआतंकबाद, अनि हेलिकप्टरको प्रयोगल लगायतमा यस्ता अभ्यास हुने गर्छ । प्रतिविद्रोह र जंगलमा गर्नपर्ने युद्धकला सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई पनि व्यवहारमा उतार्ने काम हुनेछ । 


Author

थप समाचार
x