डिफेन्स

राष्ट्रसंघका सहायक महासचिवसँग मन्त्रीद्वयले भने : उच्चतहमा नेपालकाे उपस्थिति आवश्यक छ

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १७:३२ बजे

काठमाडौँ - नेपालमा भ्रमणमा रहेका राष्ट्रसंघका सहायक महासचिव क्रिश्चियन सान्डर्सले परराष्ट्रमन्त्री डा. नारायण खड्का र रक्षामन्त्री डा. मीनेन्द्र रिजाल सँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन् । उनले नेपालबाट शान्ति सेनामा लैजाने सामग्री तथा बख्तर बन्दको अध्ययन गर्न आएका थिए । उनले त्यसको दर रेट समेत तोक्ने काम गर्छन् । 

नेपाली सेनाले विश्व शान्तिमा निर्वाह गरेको भूमिका र आगामी दिनमा गर्ने कार्य लगायतको विषयमा छलफल भएको जनाइएको छ । नेपाली सेनाले राष्ट्रसंघको उच्च पदमा पनि तल्लो तह रहेको उपस्थितीको आधारमा नै माथिल्लो तहमा पनि दरबन्दी माग गरिरहेको छ ।


बेग्लाबेग्लै भेटवार्तामा मन्त्रीद्वय रिजाल र खड्काले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्यमा विस्तारित प्रभावकारी नेतृत्वदायी भूमिकाबारेमा जोड दिँदै नेपाली सेनाको उपस्थिती र उच्च तहमा दरबन्दीको कुरा उठाएका थिए । 

दुवै मन्त्रीले नेपालबाट राष्ट्र संघमा निरन्तर निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । सहायक महासचिवले शान्ति सेनामा सहभागी भएर विश्व शान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले निर्वाह गरेको योगदानको सराहना गर्दै नेपालीको विश्वभर नाम रहेको पनि बताए । 


Author

थप समाचार
x