डिफेन्स

तस्बिरमा प्रधानसेनापति : दिल्लीमा प्रधानसेनापति शर्माको स्वागत

समकक्षीसँग भेटवार्ता : यस क्षेत्रको शान्ति र नेपाल-भारत सैन्य सम्बन्ध मुख्य विषय

इकागज |
कात्तिक २३, २०७८ मंगलबार १८:४६ बजे

काठमाडौँ - भारतकाे औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा  र उनका भारतीय समकक्षी एम एम नरवणेबीच दुईपक्षीय भेटवार्ता भएकाे छ । नेपाल र भारतको सेनाबीचको सहकार्य र सम्बन्धको बारेमा उनीहरूबीच छलफल भएके हो । भारतीय सेना प्रमुख नरवणेले नै उनलाई साउथ ब्लकमा स्वागत गरेका थिए । 


नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा दुई सैन्य नेतृत्वबीच भएको भेटवार्तामा सैन्य सहकार्य, अभ्यास, आ-आफ्नो मुलुकको सुरक्षा अवस्था, यस क्षेत्रको शान्तिलगायतमा छलफल भएको नयाँदिल्ल स्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिए । दुई मुलुकबीचको सैन्य सम्बन्ध थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको पनि उनले जानकारी दिए । 

भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले कुराकानी गरेका छन् । सेनापति शर्मा र भारतीय सेनापति नरवाणेबीच मायको चिनो साटासाट समेत भयो । 

भारतले प्रधानसेनापति शर्माको भ्रमणलाई निकै महत्व दिँदै यही भ्रमणबाट अन्य राजनीतिक भ्रमणको ढोका खोल्ने तयारीमा भारत छ । शर्माले प्रधानसेनापतिको जिम्मेवारी लिएपछि पहिलो विदेश भ्रमण भारतबाट थालेका हुन् । उनले त्यहाँ भारतीय सेनाको मानार्थ महारथी भारतीय राष्ट्रपति रामनाथ कोबिन्दाबाट लिनेछन् ।

प्रधानसेनापति नियुक्त भएको केही समयमा नै भारतले निम्ता दिएर उनको भ्रमणलाई महत्वमा राखेको हो । उनलाई साउथ ब्लकमा भारतीय सेनाको एक टुकडिले ‘गार्ड अफ अनर’  अर्थात सम्मान गारत अर्पण गरेको थियो । भारतीय सेनाका सेनापति नरवाणेले शर्मालाई साउथ ब्लकमा स्वागत गर्दै त्यस्तो सम्मान गारत दिइएका हो । 

सैनिक प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालले भारतीय राजनीतिक नेतृत्वसँग प्रधानसेनापति शर्माको भेटका लागि कुरा भइरहेको जानाकारी दिँदै भने भएका भेटघाटमा पनि नेपाल र भारतको सैन्य सम्वन्धका साथै अन्य समग्र पक्षमा पनि छलफल भएको छ । यस क्षेत्रको सैन्य प्रस्पेक्टिभको बारेमा पनि छलफल भएको जानकारी परराष्ट्र अधिकारीले दिए ।   

यो भ्रमणले नेपाल र भारतको सम्वन्ध थप उचाईमा लैजाने विश्वास नेपाली सेनाले लिएको पनि प्रवक्ता पौड्यालले बताए । सेनाकै बिमानमा मंगलबार बिहान शर्मा नयाँ दिल्ली प्रस्थान गरेका हुन् । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाले जनाएको छ । 

उक्त छलफलपश्चात प्रधान सेनापति शर्मालाई भारतीय सेनाको सुरक्षा अवस्थाबारेमा प्रस्तुतिकरण समेत गरीएको थियो । भारतको नजरमा यो क्षेत्रको सुरक्षा अनि अवस्थाबारेमा जनकारी दिइएको हो  । यसभन्दा अगाडि उनले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरूको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए ।  


Author

थप समाचार
x