डिफेन्स

युद्ध लडिरहेका रुस र युक्रेनी सेना नेपालको माउन्टेन फ्लाइटमा

इकागज |
फागुन १८, २०७८ बुधबार १८:५४ बजे

काठमाडौँ : 'सेना दिवस २०७८' को अवसरमा विभिन्‍न मुलुकबाट नेपाल आएका सैनिक सहचारीहरुको भ्रमणदलले जंगी अड्डामा भ्रमण गरेको छ । भ्रमणदलमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिका गरी पाँच देशका आवासीय सैनिक सहचारी सहित बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, ईजरायल, मेक्सिको, नाईजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्ड गरी २१ देशका गैर आवासीय सैनिक सहचारीहरु सहभागी थिए । 

जंगी अड्‍डामा आयोजित कार्यक्रममा युद्धकार्य निर्देशनालयले उक्त भ्रमणदललाई नेपाली सेना सम्बन्धि विषयहरुमा प्रस्तुतिकरण गरेको थियो प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त भ्रमणदलका सैनिक सहचारीहरुसँग भेट गरेका थिए ।


टोलीले नेपाली सेनाद्वारा 'महाशिवरात्री तथा सेना दिवस २०७८'को अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागिता जनाएको थियो । उक्त टोलीद्वारा १९ गते माउन्टेन फ्लाइट गर्नुका साथै लुम्बिनी र पोखरामा अवलोकन भ्रमण गर्ने योजना रहेको छ । 

मित्रराष्ट्र तथा अन्य देशका सैनिक सहचारीहरूको यस किसिमको भ्रमणले सैनिक कुटनीतिमार्फत अन्तरदेशीय सम्बन्ध एवं सैनिक सम्बन्ध अझ सुमधुर र बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


Author

थप समाचार
x