डिफेन्स

एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७ सम्पन्‍न

इकागज |
माघ २५, २०७७ आइतबार १९:३९ बजे

काठमाडौँ : प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको प्रसंशा गर्दै सेनाको समन्वय एवं कार्यान्वयनमा अघि बढेको एकिकरण मार्ग कार्यक्रमले इतिहासको स्मृति, पुनर्जागरण र रक्षा गर्ने संकल्प राखेकोले यो अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।  इतिहास तथा ऐतिहासिक धरोहरहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सुरु भएको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७ आइतबार सम्पन्‍न भएको हो ।

सेमिनारबाट निस्केका निश्कर्षहरू महत्वपूर्ण हुने अपेक्षा राखेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले हालसालै स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्रसमेतको अवलोकन गर्दै पुर्खाका राम्रा कार्यलाई भुल्न नहुने बताएका  थिए ।


‘पहिचानको राजनीतिलाई अनुचित ढंगले उकासेर जनतालाई भड्काउने प्रयास भइरहेको छ’, प्रधानमन्त्री ओलीले भने। उनले यस्तो काम कसले गरिरहेको छ भन्नेबारेमा केही खुलाएनन्। प्रधानमन्त्री ओलीले हिजो नेपालीको मेलमिलाप र विविधतामा एकताबाट एकीकृत राज्यलाई बचाउनु परेको बताए। उनले देशका कतिपयमा देशभक्तिप्रतिको भावना कम देखिएको बताए। ‘एकीकरण एकदिनको मात्र काम होइन्, यो अनवरतको काम हो’, उनले भने, ‘हिजो एकीकरण लडाईंबाट गर्नुपरेको थियो, एकीकृत राज्यलाई लडाईंबाट बचाउनु परेको थियो। आज एकीकृत राज्यलाई नेपालीहरुको मेलमिलाप र एकताबाट बचाउनुपरेको छ।’

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सम्पन्‍न कार्ययक्रम प्रधान सेनापति पूर्णचन्द्र थापाले अघि बढाएका हुन् । गतवर्ष देखि नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश भई निरन्तरता पाइरहेको एकीकरण मार्ग कार्यक्रम सम्बन्धी उक्त सेमिनारको पहिलो दिन ऐतिहासिक सम्पदा संरक्षण र प्रबर्द्धनमा एकीकृत समन्वयको आवश्यकता, एकीकरण स्मृती उद्यानको प्रगति प्रतिबेदन, नेपालको ऐतिहसिक गढी, किल्ला तथा युद्धस्थलहरूको अध्ययन तथा संरक्षण संबर्द्धनमा भइरहेका प्रयासहरु लगायत गोरखा(काठमाण्डौ एकीकरण पदयात्राको समिक्षा र भावी योजना सम्बन्धी प्रस्तुतिकरण तथा छलफल भएको थियो ।

यसैगरी दोस्रो दिन जटही(सिन्धुली ऐतिहासिक पदमार्गको विकास प्रस्ताव, नेपालमा ऐतिहासिक पर्यटन प्रबर्द्धनको सम्भाव्यता, पाल्पा दरबार र सिन्धुलिगढी युद्ध संग्रहालयको वर्तमान अवस्था एवं भावि योजनाका सम्बन्धमा प्रस्तुतिकरण तथा छलफल भएको थियो । तेस्रो तथा अन्तिम दिन सहभागि बिभिन्‍न निकायका प्रतिनिधिहरूबीच भएको  सेमिनारको निर्णयहरु एवं आगामी कार्यक्रमबारे प्रस्ताव सहित एकीकरण मार्ग कार्यक्रम सम्बन्धी बृत्तचित्र  ुमेरा साना दुस्खले आर्ज्याको मुलुक होईनु शिर्षकको नाटक समेत प्रदर्शन भएको थियो ।

प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू, नेपाल सरकारका सचिवहरू, विभिन्न मन्त्रालय एवं विभागहरूका महानिर्देशकहरू तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत सञ्‍चारकर्मीहरूको उपस्थिती रहेको सो सेमिनारबाट प्राप्त महत्वपूर्ण रायसुझाव सहितका प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माण भई राष्ट्रिय एकताको प्रबर्द्धनमा महत्वपुर्ण योगदान पुग्‍ने नेपाली सेनाले विश्‍वास लिएको छ ।  


Author

थप समाचार
x