डिफेन्स

सेनाद्वारा हतियारसहित थप ३ शिकारी पक्राउ

इकागज |
माघ २६, २०७७ सोमबार १८:५२ बजे

 काठमाडौँ : नेपाली सेनाको बाँके राष्ट्रिय निकुञ्‍जमा खटिएको टोलीले थप ३ जनालाई २ नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ । निकुञ्‍जमा संचालित "अपरेशन महाहण्ट-७" मा खटिएको सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले पक्राउ गरेको उनीहरूलाई कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
 
माघ २१ गते हतियारसहित निकुञ्‍ज इलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका ९ जनालाई सोधपुछ गर्दा उनीहरूले आफूहरूसँग काम गर्ने अन्य तीन जना रहेको बताएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

जनसम्पर्क निर्देशनालयका अनुसार पक्राउ पर्नेमा सल्यानके कालिमाटी गाउँपालिका-३का २० वर्षीय बीरबहादुर पुनमगर, सोही गाउँपालिका वडा नं २ का ३८ वर्षीय रमेश घर्ती र २६ वर्षीय खेमबहादुर थापा छन् । 
 



Author

थप समाचार
x