डिफेन्स

सेनाले संगठन सुदृढीकरणसम्बन्धी ४ दिवशीय गोष्ठी गर्ने

इकागज |
माघ २७, २०७७ मंगलबार २०:२२ बजे

काठमाडौँ : नेपाली सेनाले संगठनमा परिवर्तन सुदृढीकरण र दिगोपना सम्बन्धी चार दिवशीय छलफल गर्ने भएको छ । सेनाले संरचनाको विषयलाई लिएर फागुन २ देखि ५ सम्मा जंगी अड्डामा गोष्ठी गर्न लागेको हो । सेनाको संगठनात्मक संस्कृति र यसको सञ्‍चालन प्रकृयामा भएका परम्परालाई सुधार गर्दै अघि बढ्न यसले मद्दत पुग्‍ने अपेक्षा सेनाको छ ।

गरिएका सुधार एवं सकारात्मक पहलकदमीहरूलाई संस्थागत गर्दै लैजान,  भविष्यमा कार्यान्वयनमा ल्याइने उस्तै प्रकृतिका कार्यक्रमहरूको दिगोपनालाई सुनिश्‍चित गर्नका लागि परिवर्तन व्यवस्थापन एवं सुदृढीकरण सम्बन्धी सैद्धान्तिक र व्यवहारिक आधार तयार पार्ने उद्धेश्य राखी गोष्ठी सञ्‍चालन गर्न लागेको सेनाले जनाएको छ ।


प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दीगोपनको वर्ष घोषणा गरे अनुरुप त्यही थिममा अडेर गोष्ठी हुन लागको हो । गोष्टिमा रक्षा मन्त्रालयका अधिकारी, सुरक्षा विज्ञ, नेपाली सेनाका विशिष्ट श्रेणीका रथीबृन्दहरू लगायतका अधिकारीहरूले बहस गर्नेछन ।

सेमिनारमा संगठन सञ्‍चालन र परिवर्तन व्यवस्थापनसम्बन्धी विविध विषयहरूमा गैर सैनिक विषयविज्ञहरू तथा नेपाली सेनाका रथीबृन्द र उच्च सैनिक अधिकृतहरूबाट व्याख्यान हुनेछ । त्यहाँ अन्तरक्रिया हुने र छलफल गरिने पनि उल्लेख छ ।

सेमिनारको समापन पश्‍चात व्याख्यानमा समावेश भएका प्रस्तुतिकरणहरू माथि हुने अन्तर्क्रिया र छलफलबाट प्राप्त निचोडहरू समावेश गरि सेमिनार प्रतिवेदन प्रकाशन गर्ने योजना रहेको सेनाले जनाएको छ ।


Author

थप समाचार
x