डिफेन्स

बिदामा आएका हमालले लिए रथीको दर्ज्यानी चिन्ह

इकागज |
कात्तिक १७, २०७७ सोमबार १९:७ बजे

काठमाडौं : नेपाली सेनाको रथीमा बढुवा भएका इश्‍वर हमालले साढे तीन महिनापछि आफ्नो पदको दर्ज्यानी चिन्ह लिएका छन् । जंगी अड्डामा आयोजित समारोहमा त्यस्तो चिन्ह प्रदान गरिएको हो । उनलाई मन्त्रिपरिषदले गत असार ६ गते उपरथी बाट रथीमा बढुवा गरेसँगै उनी बरियातामा प्रधानसेनापति पूर्णचन्द्र थापा र रथि प्रभुराम शर्मापछिका शक्तिशाली ब्यक्ति बनेका छ्न् ।

राष्ट्रसंघको फोर्स कमाण्डरमा चयन भएर उनी त्यहाँ जिम्मेवारी सम्हाली सकेका छन् । उनले आफ्नो जिम्मेवारी सम्हालेपछि विदामा काठमाडौं आएको समयमा प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सेनापति थापाले उनलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमामा चिन्ह प्रदान गरेका हुन् ।


हमाल राष्ट्रसंघका आह्वानमा शान्ति स्थापनार्थ सिरियामा तैनाथ पर्यवेक्षक फोर्सको कमाण्डरको जिम्मेवारीमा छन् । उनको जिम्मेवारी दुई वर्षको हो । ‘उहाँको जिम्मेवारी बलाध्यक्षको नै हो र अहिले उहाँ राष्ट्रसंघिय जिम्मेवारीमा हुनभएकोले उहाँको जिम्मेवारी समेत बालधिकृत रहनु भएका प्रभुराम शर्माले सम्हाल्नु भएको छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लव पौडेलले इकागजसँग भने, ‘नेपाली सेनामा दुई रथी रहने र बरिष्ठ रथि बलाधिकृत र कनिष्ट रथि बलाध्यक्ष रहने परम्परा छ ।’

प्रवक्ता पौडेलले परम्परा रहेको बताए पनि त्यसमा क्षमता अनुरुप प्रधानसेनापतिले नै त्यहाँको जिम्मेवारी हेरफेर गरेको विगत छ । दुई वर्ष हमाल गोलनहाइटमा नै हुने हुनाले नेपाली सेनामा रथिको काममा भने समस्या पर्न सक्ने देखिएको छ । हुनत, हमाल त्यहाँ प्रतिशपर्धा गर्दा उपरथि नै थिए । नेपलाबाट त्यो पदमा विरलै पुग्‍ने र नेपाली सेनाको गौरवको पद समेत भएकाले अहिले हमालको जिम्मेवारी पनि शर्माले हेरिदिने गरेका हुन् । वर्तमान प्रधानसेनापति थापा पनि त्यही फोर्स कमाण्डर थिए । उनी आफ्नो कार्यकाल पुरा नगरी यहाँ जिम्मेवारी सम्हाल्न आएका थिए ।

शर्मा र हमाल मध्येबाट नै भावि प्रधानसेनापति चयन हुने हो । नेपाली सेनामा पछिल्लो बरिष्ठतामा शर्मा अघि छन् । यद्यपी राजनीतिक खिचातानी र सेना भित्रै बेलाबेलामा हुने सफ्ट तरिकाको अपत्यारिलो ‘कू’ लाई स्मरण गर्दा भने दुई रथीबीचको प्रधानसेनापति हुने भन्‍ने प्रतिशपर्धा आन्तरिक रुपमा रहन्छ नै । हरेक दुई रथीमा को महारथी हुने भन्दै प्रतिशपर्धा भएको विगत धेरै टाढा छैन ।


Author

थप समाचार
x