डिफेन्स

प्रधान सेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता

इकागज |
चैत ३, २०७७ मंगलबार १८:३३ बजे

काठमाडौँ : प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो नेत्यानीबीच जङ्गी अड्डामा मंगलबार शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागितालगायत अन्य द्विपक्षीय महत्वका विषयहरूमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने विश्‍वास सेनाले लिएको विज्ञप्तिमा उल्लेख छ ।     



Author

थप समाचार
x