डिफेन्स

सेनाले सम्पन्‍न गर्‍यो साइबर सुरक्षा गोष्ठी

इकागज |
चैत १४, २०७७ शनिबार २०:१८ बजे

काठमाडौँ : नेपाली सेनाको साइबर सुरक्षा शाखाको संयोजकत्वमा दुई दिने साइबर सुरक्षा गोष्ठी सम्पन्न भएको छ । विश्वमा भइरहेको सूचना प्रविधिमा हुन सक्ने साइबर हमला तथा खतराबारे त्रिभुवन आर्मी अफिसर्स क्लबमा मिति बिहीबारबाट सुरु भएको गोष्ठी शुक्रबार सम्पन्न भएको हो । 

प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न गोष्ठीमा राष्ट्रिय साइबर सुरक्षा नीतिको आवश्यकता, निर्माण र प्रभावकारीता, राष्ट्रिय साइबर प्रतिरक्षा प्रणाली, राष्ट्रिय साइबर सुरक्षा अपरेशन केन्द्रको आवश्यकता, निर्माण र बनावट तथा राष्ट्रिय साइबर सूचना आदन-प्रदान संयन्त्रलागायतका एजेण्डामा छलफल भएको थियो । 


गोष्ठीबाट निस्केका गहन निष्कर्ष, राय तथा सुझाव राष्ट्रिय साइबर सुरक्षा तथा प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण साबित हुने विश्वास लिएको सेनाले बताएको छ । 
 


Author

थप समाचार
x