सेयर

बिहीबार १.०३ प्रतिशतले घट्यो सेयर बजार परिसूचक

इकागज |
जेठ ५, २०७९ बिहिवार १५:२२ बजे

काठमाडौँ- साताको तेस्रो कारोबारमा सेयर बजार २३ अंकले घटेको छ। बिहीबारको कारोबारमा बजार २३.५१ अंकले घटेको हो । मंगलबारबाट खुलेको बजार पहिलो दिन नै ८५ अंकले घट्न पुगेको थियो। बुधबारको कारोबारमा भने ८ अंकले बढेको थियो ।

बुधबारको कारोबारमा ८ अंक बढेर २२७४.४२ अंकमा पुगेको बजार परिसूचक आजको कारोबार पश्चात २३ अंक घटेर २२५०.९१ अंकमा ओर्लिएको छ। आजको कारोबारमा नेप्से परिसूचक १.०३ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.८८ प्रतिशत अर्थात ३.८८ अंकले घटेर ४३७ दशमलव २१ अंकमा ओर्लिएको छ ।


 

बजार परिसूचक २३ अंकले घट्दा कारोबार भएका २ सय १९ कम्पनीको सेयर कारोबारमा १ अर्ब ३० करोड बराबरको सेयर कारोबार भएको छ। आज १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रूपैयाँ बराबरको ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर २३ हजार ५ सय ६९ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

घट्दो बजारमा बिहीबार कारोबार भएका जम्मा १९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६९ कम्पनीको सेयर मूल्य घटेको छ। आजको कारोबारमा बढी कमाउने कम्पनीमा जेनरल इन्स्योरेन्स कम्पनी,  मैलुङ खोला जलविद्युत कम्पनी, एनएमबि हाइब्रिड फण्ड, एनआइसी एसिया सेलेक्ट फण्ड, नबिल ब्यालेन्स्ड फण्ड लगायतका कम्पनी रहेका छन् ।

बिहीबारको कारोबारमा युनियन हाइड्रो पावर, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सुर्योदय लघुवित्त  श्री इन्भेष्टमेन्ट फाइनान्स, हिमालय ऊर्जा विकास कम्पनीको सेयर उच्च गुमाउने कम्पनी रहेका छन् ।


Author

थप समाचार
x