सेयर

मिड सोलु हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल

इकागज |
जेठ ५, २०७९ बिहीबार १८:४६ बजे

काठमाडौँ -एनआइसी एशिया क्यापिटलले 'आइडिया टु आइपीओ' सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको जनाएको छ। सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

क्यापिटलले हाइड्रो पावरको आइपीओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको जानकारी दिएको छ ।


क्यापिटलले 'आइडिया टु आइपीओ' सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आइपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आइपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशिघ्र आइपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्ने समेत जनाएको छ।


Author

थप समाचार
x