सेयर

साताको दोस्रो कारोबारमा दोहोरो अंकले बढ्यो सेयर बजार

इकागज |
जेठ १०, २०७९ मंगलबार १५:२६ बजे

काठमाडौँ - मंगलबार सेयर बजार सामान्य सुधार भएको छ। साताको दोस्रो कारोबारको दिन बजार १६.३२ अंकले सुधार देखिएको हो । साताको पहिलो कारोबारमा ३४ अंक घटेर २२००.८८ अंकमा पुगेको बजार परिसूचक दोस्रो दिनको कारोबार पश्चात १६ अंक बढेर २२१७.१९ अंकमा उक्लिएको छ। आजको कारोबारमा नेप्से परिसूचक ०.७४ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.८४ प्रतिशत अर्थात ३.६२ अंकले बढेर ४३२ दशमलव ६७ अंकमा पुगेको छ । 

 

परिसूचक

हाल

परिवर्तन

प्रतिशतमा

नेप्से

२,२१७.१९

१६.३२

०.७४  

सेन्सेटिभ

४३२.६७

३.६२

०.८४  

फ्लोट

१५१.५७

१.१७

०.७८  

फ्लोट सेन्सेटिभ

१३८.२८

१.३

०.९५  


बजार परिसूचक १६ अंकले उकालो लाग्दा कारोबार भएका २ सय २४ कम्पनीले १ अर्ब ८८ करोड बराबरको सेयर कारोबार गरेका छन्। आज १ अर्ब ८८ करोड ८ लाख ३३ हजार ५ सय ४२ रूपैयाँ बराबरको ३१ लाख ७ सय ३० कित्ता सेयर २१ हजार ७ सय ९ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

सामान्य सुधार देखिएको बजारमा मंगलबार कारोबार भएका १ सय ४९ कम्पनीको सेयर मूल्य बढ्दा ३८ कम्पनीको सेयर मूल्य घटेको छ। आजको कारोबारमा बढी कमाउने कम्पनीमा लक्ष्मी लघुवित्त, अपर तामाकोशी हाइड्रो, विजय लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी, नारायणी विकास बैंक लगायतका कम्पनी रहेका छन् ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, लुम्बिनी जेनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त , जेनरल इन्स्योरेन्स कम्पनी, गुराँस लघुवित्त लगायतका कम्पनी धेरै गुमाउने कम्पनी रहेका छन् ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

बैंकिङ

१,५३१.७४

५.९२

०.३९  

व्यापार

१,९०४.३१

३.१६

०.१७  

होटेल तथा पर्यटन

२,८४९.५०

२७.४

०.९७  

विकास बैंक

३,८३३.०९

५३.३१

१.४१  

जलविद्युत

२,५५६.२०

५१.६३

२.०६  

फाइनान्स

१,६२६.४४

२८.०७

१.७६  

निर्जीवन बीमा

९,४०८.९८

२४

०.२६  

म्यानिफ्क्चरिङ एण्ड प्रोसेसिङ

५,३५७.६६

६०.७८

१.१५  

अन्य

१,६८१.९६

११.८२

०.७१  

माइक्रो फाइनान्स

४,५३७.१७

२५.६९

०.५७  

जीवन बीमा

१०,७०२.००

७६.७४

०.७२  

म्चुअल फण्ड

१५.१४

०.०४

०.२५  

लगानी

७२.०४

०.३५

०.४९  

 


Author

थप समाचार
x