सेयर

सेञ्चुरी कमर्सियल बैंकको डिबेन्चर बाँडफाँट सम्पन्न

इकागज |
जेठ ११, २०७९ बुधवार १२:१७ बजे

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट सम्पन्न भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित मूल्य प्रतिकित्ताका दरले २२ हजार कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत ९ सय १३ लाख २० हजार कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत ८ लाख ८० हजार कित्ता सर्वसाधारणमा बिक्रीका लागि जेठ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो। 

सर्वसाधारणमा निष्कासित ८ लाख ८० हजार कित्तामध्ये सामूहिक लगानी कोषबाट माग भई आएको १० हजार कित्ता डिबेन्चर कोषलाई बाँडफाँट गरिएको छ। बाँकी ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्दा सीआस्वा आवेदनबाट २२ सय ७२ जनाले ७८ हजार ७ सय ८५ कित्ता डिबेन्चरको आवेदन प्राप्त भएको बैंकले जनाएको छ। 


त्यसमध्ये १० जनाको ४ सय १५ कित्ता डिबेन्चर रद्द गरी २२ सय ६२ जनालाई ७८ हजार ३  सय ७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणले ७ लाख ९१ हजार ६ सय ३० कित्ता माग गरेका थिए। सो समेत २१ लाख ११ हजार ६ सय ३० कित्ता डिबेन्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएको थियो। त्यसमा मागअनुसार नै आवेदन परेको बैंकले जनाएको छ। 

कम्पनीका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रितपूर्वक आएका आवेदनलाई २१ लाख ९० हजार कित्ता आज १० गते निष्काशन तथा बिक्री प्रबन्धकको रजिस्टर्ड कार्यालयमा बाँडफाँट गरिएको हो।   


Author

थप समाचार
x