सेयर

नीति तथा कार्यक्रममा समेटिँदा उकालो लाग्यो नेप्से

इकागज |
जेठ ११, २०७९ बुधबार १५:५६ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा १४ अंकले सुधार भएको छ । आज सेयर बजार परिसूचक १४ दशमलव ३७ अंकले बढेको हो । मंगलबार १६ अंक बढेर २२१७.१९ अंकमा उक्लिएको बजार आज १४ अंक बढेर २२३१ दशमलव ५७ अंकमा उक्लिएको छ।

सरकारले मंगलबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको असर सेयर बजारमा देखिएको छ। मंगलबार संसदमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा 'पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बृद्धि र नियामक निकायको क्षमता अभिबृद्धि गरिने छ।' घोषणा गरेकी थिइन्।


आजको कारोबारमा नेप्से परिसूचक ०.६५ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.५६ प्रतिशत अर्थात २.४२ अंकले बढेर ४३५ दशमलव ९ अंकमा पुगेको छ ।

दोहोरो अंकले बजार बढ्दा आज कारोबार भएका २ सय २६ कम्पनीमा १ सय ४८ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । त्यस्तै ३९ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

बुधबार १ अर्ब ४ करोड ४६ लाख २६ हजार ९ सय ३९ रूपैयाँ बराबरको २६ लाख ९४ हजार ४ सय २९ कित्ता सेयर किनबेच भएको छ ।

बुधबारको कारोबारमा बलेफी हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत आयोजना, सिंगटीमा हाइड्रो इनर्जी, गुराँस लघुवित्त, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीको सेयर सर्वाधिक कमाउनेमा परेका छन् ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स, युनाइटेड आइडी आई मार्दी मार्दी आरबी हाइड्रो, प्रभु लाइफ इन्स्योरेन्स लगायतका कम्पनी बढी गुमाउने कम्पनीमा परेका छन् ।

 उप-समूहगत परिसूचक तर्फ आज सबै उप-परिसूचक हरियो भएका छन् । जसमा व्यापार समूहले १ दशमलव ५३ प्रतिशत उकालो लागेको छ।


Author

थप समाचार
x