सेयर

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकममा उल्लेख्य कमी

इकागज |
जेठ १२, २०७९ बिहीबार १५:२० बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ८ दशमलव ३ अंकले बढेको हो । बुधबार १४ अंक बढेर २२३१.५७ अंकमा उक्लिएको बजार आज ८ अंक बढेर २२३९ दशमलव ६० अंकमा उक्लिएको छ।

आजको कारोबारमा नेप्से परिसूचक ०.३६ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.३२ प्रतिशत अर्थात १.३९ अंकले बढेर ४३६ दशमलव ४७ अंकमा पुगेको छ ।


सामान्य अंकले बजार बढ्दा आज कारोबार भएका २ सय २२ कम्पनीमा १ सय ३ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।

बिहीबार कारोबार रकम भने उल्लेख्य रूपमा गिरावट आएको छ। अघिल्लो कारोबारमा १ अर्ब ४ करोड कारोबार भएको बजारमा आज ८८ करोड ९८ लाख ३४ हजार ९ सय ९ रूपैयाँ बराबरको २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबारमा मेगा बैंक, नारायणी विकास बैंक, कुमारी इक्युटी फण्ड, ग्रीन लाइफ हाइड्रो, एनआईबीएल समृद्धि फण्ड लगायतका कम्पनीको सेयर सर्वाधिक कमाउनेमा परेका छन् ।

त्यस्तै गुराँस लघुवित्त, सिंगटी हाइड्रो,रुरू जलविद्युत, माउन्टेन इनर्जी,रिलायन्स फाइनान्स लगायतका कम्पनी बढी गुमाउने कम्पनीमा परेका छन् ।

 


Author

थप समाचार
x