सेयर

फागुन १० पछि पहिलोपटक नेप्से २,६०० अंक नाघ्यो, व्यापारबाहेक सबै समूहका परिसूचक हरियाली

इकागज |
चैत १८, २०७७ बुधवार १६:३० बजे

काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक फागुन १० पछि पहिलोपटक २,६०० अंकको थ्रेसहोल्ड नाघेर २,६१९.०२ अंकमा पुगेको छ । बुधबार नेप्से परिसूचक १.६८ प्रतिशतले बढेर ४३.३६ अंकले बढेको हो । 

नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इण्डेक्स १.६४ प्रतिशत अर्थात् ७.४८ अंकले बढेको छ । बुधबार बैंकिङ्ग समूहले नेप्से परिसूचकलाई उकालेको छ । सेयर बजारमा प्रभुत्व भएको बैंकिङ्ग समूहको परिसूचक २.३१ प्रतिशत अर्थात् ४०.८६ अंकले बढेर १,८०६.११ अंकमा पुगेको छ । 


निर्जीवन बीमा कम्पनी समूहको परिसूचक २.६२ प्रतिशतले बढेको छ । बुधबार ट्रेडिङ समूह भने २.२७ प्रतिशतले घटेको छ । होटल तथा टुरिजम, विकास बैंक, जलविधुत, इन्भेष्टमेन्ट तथा अन्य समूहका परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ । 

बुधबार नेप्सेमा २०९ कम्पनीको ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँ मूल्यका १ करोड १२ लाख ८१ हजार ६ सय २५ कित्ता सेयर ६७ हजार एक सय ४८ कारोबारमार्फत् किनबेच भएको छ । 

बुधबार मिथिला लघुवित्त वित्तीय संस्था, अजोड इन्स्यारेन्स, वोमी माइक्रोफाइनान्स, सानिमा जनरल इन्स्यारेन्स र प्रुडेन्सीयल इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । आज नेप्सेमा हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को ३६ करोड ३७ लाख रुपैयाँ मूल्यको ७ लाख ९९ हजार दुई सय ५३ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढीपटक सेयर किनबेच नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चार हजार ८ सय ६४ ओटा र एचआइडीसीएलको ४ हजार दुई सय ६७ ओटा कारोबार भएको छ ।


Author

थप समाचार
x