सेयर

पूँजी बजार सुधारको माग गर्दै लगानीकर्ताहरूकाे प्रदर्शन

सौरभराज शर्मा |
असार ५, २०७९ आइतबार १६:१३ बजे

काठमाडौँ - पूँजी बजार सुधारको माग गर्दै आन्दोलनरत सेयर लगानीकर्ताहरूले आइतबार पनि प्रदर्शन गरेका छन् । पूँजी बजार सुधार संघर्ष समितिले आफूहरूले अघि सारेको माग तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले पूँजी बजारको सुधार र विकास रोक्न पाइँदैन, नेप्सेको पुनर्संरचना गर, धितोपत्र बोर्डलाई स्वयत्त बनाऔँ लगायतका नारा लगाएका थिए ।

पूँजी बजार सुधारको मागसहित लगानीकर्ता संघर्ष समितिका संयोजक तिलक कोइराला विगत ५ दिनदेखि आमरण अनसनमा छन् । अनसनमा बसेका कोइरालाको स्वास्थ्य अवस्था कमजोर बन्दा समेत सरकारको ध्यान नगएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।



Author

थप समाचार
x