सेयर

सेयर बजार ३१ अंकले घट्दा, कारोबार रकममा भारी गिरावट

इकागज |
असार ८, २०७९ बुधबार १५:१७ बजे

काठमाडौँ – बुधबार सेयर बजार पुन: घटेको छ । साताको चौथो कारोबारको दिन बजार परिसूचक ३१.२१ अंकले घटेको हो । आइतबार र सोमबार घटेकव बजार मंगलबार भने ३७ अंकले बढेकव थियो । आज बजार ३१ अंकले घट्दा १८९३ दशमलव ५३ अंकमा झरेको छ ।

बुधबार कारोबार रकममा भारी गिरावट आएको छ । आज २२९ कम्पनीको सेयर कारोबार हुँदा ८१ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर २० हजार ४२० पटकमा खरिद बिक्री भएको थियो ।


आज बजार परिसूचक ३१.२१ अर्थात १.६२ प्रतिशतले घटेको छ।  त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक (सेन्सेटिभ इन्डेक्स) ५.९४ अंक अर्थात १.५८ प्रतिशतले घटेर ३६९.१५ अंकमा ओर्लिएको छ ।

उप-समूहतर्फ आज १३ ओटै समूहको सेयर मूल्य घटेको छ । जसमा बैंकिङ समूह १.२१ प्रतिशतले घटेर १३३५.७० अंकमा झरेको छ ।

घट्दो बजारमा पनि ग्लोबल आइएमई समुन्नत स्किम तथा आधिँखोला लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नबिल इक्युटी फण्ड, सानिमा लार्ज क्याप फण्ड, शिवश्री हाइड्रो लगायतका कम्पनी बढी कमाउनेमा परेका छन् ।


Author

थप समाचार
x