सेयर

आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्दै सान्जेन हाइड्रोपावर कम्पनी

इकागज |
असार १०, २०७९ शुक्रबार १८:२७ बजे

रसुवा- सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।

जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्‍वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।


कम्पनीले रसुवाको आमाछोदिङ्मो-५, चिलिमेमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।


Author

थप समाचार
x