सेयर

साल्ट ट्रेडिङको सेयरमा ऋणात्मक सर्किट

साल्ट ट्रेडिङको सेयर आपूर्ति बढ्ने भएपछि बिक्रीको चाप

इकागज |
चैत २४, २०७७ मगलवार १२:१७ बजे

काठमाडौँः लगातार बढीरहेको साल्ट ट्रेडिङको सेयरमा आज ऋणात्मक ‘सर्किट ब्रेक’ लागेको छ । ऋणात्मक सर्किट ब्रेक लागेको साल्ट ट्रेडिङको सेयर मूल्य प्रतिकित्ता १,३१० रुपैयाँ अर्थात् १० प्रतिशतले घटेर ११ हजार सात सय ९२ रुपैयाँमा आइपुगेको छ । 

कारोबार शुरु भएको ४५ मिनेटमै साल्ट ट्रेडिङको सेयर मूल्य ४९१ रुपैयाँ अर्थात् झण्डै ४ प्रतिशतले घटेको थियो । त्यसपछि पुनः ११ बजेपछि पुनः ठाडो ओरालो लागेर कुल १० प्रतिशतले मूल्य घटेको थियो । 


साल्ट ट्रेडिङको सञ्चालक समितिले २०७६–७७ कोे मुनाफाबाट २० प्रतिशत बोनश सेयर ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । २० प्रतिशत बोनस सेयरले सेयरको आपूर्ति बढेर मूल्य घट्ने आशंकामा लगानीकर्ताहरू सेयर बिक्री गर्नेतर्फ चाप देखिन्छ । बुक क्लोजपछि लाभांश खाएर सेयर बिक्री गर्नेको चापले साल्ट ट्रेडिङको सेयरमा ऋणात्मक सर्किट ब्रेक लागेको हो । 


Author

थप समाचार
x