सेयर

ज्योति लाइफको सेयर मूल्य शुरुवाती कारोबारको माथिल्लो सिलिङ्गमा

इकागज |
चैत २५, २०७७ बुधबार १६:३२ बजे

काठमाडौँः ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार पहिलो दिन नै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले तोकेको माथिल्लो सिलिङ्गको मूल्यमा पुगेको छ । 'जेएलआई' संकेतमा सूचीकृत ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार खुल्दा नै सेयर ३६० रुपैयाँमा माग भएको थियो । ३८८ रुपैयाँसम्म ज्योतिको सेयर माग भएको छ । 

नेप्सेले सुरुवाती कारोबार मूल्य नै १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ तोकेको थियो । सेयर बजारमा ज्योतिको २ करोड २० लाख कित्ता सेयर सूचीकृत छ । ज्योति लाइफको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ । ज्योति लाइफ इन्स्यारेन्सले दोस्रो त्रैमाससम्म १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
 



Author

थप समाचार
x