सेयर

नेप्से १८ अंकले घट्यो, २ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर

इकागज |
साउन २३, २०७९ सोमबार १५:१६ बजे

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिनको कारोबारमा १८ अंक घटेको छ। सोमबारको कारोबारमा सेयर बजार परिसूचक १७.६८ अंक घटेको हो। साताको प्रथम कारोबारमा १० अंकले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अंक घट्न पुगेको हो।

आज बजार परिसूचक ०.८३ प्रतिशत घटेर २१०६.१५ मा ओर्लिएको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.४१ अंक घटेर ४०६.१४ मा झरेको छ।


झन्डै १८ अंकले बजार घट्दा आज २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। सोमबार २१४ कम्पनीका ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर ४४ हजार ५ सय ५३ पटकमा खरिद बिक्री भएको थियो। घट्दो बजारमा पनि सोमबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ ।

गुराँस लघुवित्त तथा हिमालयन हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। उप-समूह तर्फ सोमबार म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ तथा म्युचुअल फण्डको सेयर मूल्य बढ्दा बाँकी ११ समूहका सेयर मूल्य घटेका छन् ।


Author

थप समाचार
x