सेयर

सेयर बजार ३८ अंकले घट्यो, परिसूचक १८३७ मा झर्‍यो

इकागज |
असोज ४, २०७९ मंगलबार १५:२१ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोश्रो कारोबारमा पनि गिरावट आएको छ। साताको दोश्रो कारोबारमा नेप्से ३९ अंकले घटेको हो ।

साताको सुरुवातको कारोबारमा आइतबार ३८ अंकले घटेको बजार सोमबार संविधान दिवसको बिदाले बन्द रह्यो। मंगलबार कारोबारको सुरुवातदेखि नै तीव्र उतारचढाव देखिएको बजार अन्त्यमा ३८.८१ अंकले घट्न पुग्यो। ३९ अंकले बजार घट्दा समग्र बजार परिसूचक अंक १८३७.६० झरेको छ।


यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ७ अंकले घटेर ३५८.८७ मा झरेको छ। बजारसँगै मंगलबार कारोबार रकमपनि घटेको छ। आज १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। आइतबार सेयर बजार १ अर्ब ६० करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

त्यस्तै ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता सेयर ३० हजार १ सय ३५ पटकमा खरिद बिक्री भएको थियो। उप-समूहतर्फ मंगलबार १३ ओटै उप-समूहको सेयर मूल्य घटेको छ। ३९ अंकले बजार घट्दा पनि ७ ओटा कम्पनी सेयर मूल्य घटेको छ भने १ सय ७८ कम्पनीको सेयर मूल्य घटेको छ।

घट्दो बजारमा पनि स्वाभिमान लघुवित्त, एनएमबि डिबेन्चर, आदर्श लघुवित्त, तेह्रथुम पावर कम्पनी, सिभिल लघुवित्त लगायतका कम्पनीको सेयर उच्च कमाउने कम्पनीमा परेका छन् ।


Author

थप समाचार
x